३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिराहामा मुख्यमन्त्री राउतले बाडे साइकल


१६ भाद्र २०७६, सोमबार  

0
Shares

महेश सिंह
१६ सिरहा ०७६,भदौ । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले आईतबार सिरहा स्थित विभिन्न विद्यालयमा ४ सय ६२ वटा साईकल वितरण गरेका छन् । सिरहा लहान नगरपालिकामा ३ स्थित लक्ष्मण ललिता मा.वि.मा १०३, सुखीपुर नगरपालिक वडा नं.२ जनता मा.वि.मा ५७, नरहा गाउँपालिकामा जनात वन मा.वि मा ११२,मिर्चैया नगरपालिका वडा नं.५ स्थित मोहन माध्यमिक(प्रा.आ) विद्यालय मा १ सय १३ वटा र मिर्चैया नगरपालिका वडा नं.७ मा रहेको बाबुजी राय जुनाई ठाकुर मा.वि.फुलवरीयामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको हो ।


साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै गत आर्थिक वर्ष २०७५÷२०७६ मा १४ हजार साईकल वितरण गरेका थिए । उनले महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने बताए ।
मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा समाजवादी र्पा का लहान नगर प्रमुख दिनेश महतो, युवा नेता राम चलितर महतो, ललित महतो, ग्यान महतो, राजकुमार गुप्तापरियाग लाल यादव नेत्री ललित दास जिल्ला अध्यक्ष अशोक यादव , राम उदगार महतो लगातका युवा नेताहरु सहभागी थिए । उनले महिलालाई शक्तिकरण गर्नुपर्ने समेत बताए ।
उनले महिला शिक्षित नभएसम्म प्रदेश शिक्षित नहुने धारण राखे । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साह,समाजवादी पार्टी नेपाल प्रदेश नं. २ प्रदेश सदस्य र सिरहा जिल्लाका सह–ईन्चार्ज विष्णु साह, मिर्चैया नगरपालिकाका उपमेयर जिवछी देवि साह,मिर्चैया नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द पैडेल, ,समाजवादी पार्टि नेपालका केन्दी महिला अध्यक्ष निर्माला यादब,अतिथिको रुपमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतम, नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभाव, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी,समाजसेवी,नगरवासी,संचारकर्मीहरुको सहभागिता रहेको लक्ष्मन ललिता माध्यमिक बिध्यालयका शिक्षक श्यामसुन्दर महतोले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १ : ५१ बजे