३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गौहत्यारालाई पक्राउ नगरे नेपाल ठप्प पार्ने


१७ भाद्र २०७६, मंगलबार  

0
Shares

१७ भदौ ०९६, काठमाडौं । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मंगलबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर सैतिँस गाईको हत्या एवम् ८६ वटा गाई घाईते हुने गरि गरिएको गौहत्या काण्डको घोर भत्र्सना गरेको छ ।
समितिका महासचिव रोसन जङ्ग बस्नेतको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएका छौं । यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन् ।’
कार्यक्रममा बैंक्टेश्वर पीठाधिश पदमधराचार्यले गौ–संरक्षणमा लाग्नको लागि जोड दिएका छन् । उनले गौ–माताको संरक्षण गर्न नसके वर्तमान सरकार धार्मिक रुपमा निकम्मा सावित हुने दाबी गरे । हालै भएको गौ–हत्याको बारेमा पनि उनले भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।
राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्व सांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौ–हत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतोमा भएको आरोप लगाए ।
उनले भने,‘म आफू पनि हिजोमात्रै गौ–हत्या भएको घट्नास्थल पुगेर काठमाडौं फर्किएको छु, यसमा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकार दुवै मिलेको हाम्रो ठम्याई छ ।’ उनकाअनुसार सिधै ८ वटा ट्रिपर तथा ट्रककमा गाईहरुलाई कोचेर भीरमा लगी फालिएको प्रष्ट देखिन्छ ।
जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामीले गौमाताको हत्या कुनै न कुनै मानेमा हुँदै आईरहेको बताउँदै सुदुर पश्चिमका जंगलमा गाई छोड्ने र गिद्धहरुलाई खुवाउने गलत काम भैरहेको पनि सुनाए । उनले गौमाता हत्याका दोषीलाई कारबाहीको साथै पशुपतिनाथ मन्दिर परिसरमा हुने पशुपति बाग्मती गंगा आरतीपुर्व राष्ट्रिय गान अनिवार्य बजाउने कार्यपनि गलत रहेको टिप्पणी गरे ।
कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष सागर थापाले गौहत्यामा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकारको प्रत्यक्ष संलग्नता देखिएको गम्भिर आरोप लगाए । उनले भने,‘यो घट्ना नियोजित हो । यसको सत्य, तथ्य पत्ता लगाउनको लागि पनि गम्भिर र निश्पक्ष छानबिन हुनुपर्छ ।’
थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यो घट्नाका दोषीलाई पक्राउ गरि कानुनी कठघरामा उभ्याएर आफ्नो विगतको पापहरुसमेत पखाल्नुपर्ने भन्दै सुझाव दिए ।
उनले भने,‘गृहमन्त्रीज्यूमाथि अहिले विगतका पाप पखाल्ने अवसर छ । विगतमा उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्यारालाई पनि पत्ता लगाउन सक्नुभएन, अहिले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पनि उहाँ चुक्नुभयो, त्यसैले यी सबै पाप पखाल्नको लागि पनि उहाँले गौहत्यामा संलग्न दोषीमाथि कारबाही गरेर देखाउनुपर्छ ।’
विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति, बाँसबारीका उपसभापति तथा पूर्वमन्त्री दिनबन्धु अर्यालले गौमाताको संरक्षण गर्न नसक्ने सरकारले उल्टै गौमातको सुनियोजित हत्या गर्ने गरेको आरोप लगाए । उनले सरकारको यस्तो गलत कार्यको आफूहरुले निन्दा गरेको पनि सुनाए । त्यस्तै, उनले बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप भएको भन्दै आपत्ति जनाए ।
विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानका अभियन्ता शरदचन्द्र दाहालले अहिले बढेको वेधर्मी कदमलाई रोक्नको लागि राजासहितको हिन्दूअधिराज्यले मात्रै सम्भव हुने बताए । दाहालले गौहत्या नरोकिए भोलिका दिनमा सन्त, महन्तलाई पनि भीरबाट लगेर खसाल्नेसम्मको षड्यन्त्र हुनसक्ने खतरा औंल्याए ।
विश्व हिन्दू महासंघ नेपालका महासचिव गणेश न्यौपानेले गौमाताको हत्यालाई तत्काल पक्राउ गरि कडा कारबाहीको माग गरे । उनले उक्त गौहत्याको निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । त्यस्तै, उनले बाग्मती गंगा आरतीमा राष्ट्रिय गानको नाममा भएको सरकारी हस्तक्षेपको निन्दा गरे ।
कार्यक्रममा भागवत वाचिका अनुराधा शास्त्रीले गौमाता जनावरमात्रै नभएर प्रकति पुजक रहेको बताउँदै गाईबाट असंख्य अक्सिजनसमेत प्राप्त हुने कुरा उल्लेख गरिन् । उनले पनि गौहत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ५४ बजे