३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पंकज श्रेष्ठले खिचेको फोटोे उत्कृष्ट


१७ भाद्र २०७६, मंगलबार  

0
Shares

१७ भदौं ०७६, काठमाडौं । युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटोपत्रकार क्लबले आयोजना गरेको नेपाल बलम वहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा बिरगंजका पंकज श्रेष्ठले खिचेको अटिजमका बिधार्थीलाई पढाउदै गरेको फोटोले प्रथम स्थान हासिल गरेको छ । अन्नपूर्ण पोष्टकी सुनिता डंगोलले ललितपुरको जिवित देवीका रुपमा पुजिने कुमारीलाई पढाउदै गरेको फोटोले दोस्रो स्थान हासिल गरेको छ । कान्तिपुरका अनिश रेग्मीको संकेतिक भाषा प्रयोग गरेको फोटोले तेस्रो स्थान प्राप्त गरेको छ । सुजन श्रेष्ठ र प्रतिक गुरुङको फोटोहरुले सान्तवना पुरस्कार प्राप्त गरेको फोटो पत्रकार क्लवका प्रवक्ता दिपेश श्रेष्ठले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएका छन् ।


देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरणमा नेपालका वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ नेतृत्वकोे निर्णायक मण्डलले विजेता सहित उकृष्ट ५४ फोटोहरु छानेको हो । काठमाडौंमा सम्पन्न निर्णायक चरणका निर्णायक मण्डलमा पत्रकार उज्जवल आचार्य, संचारिका समुहका अध्यक्ष नितु पण्डित हुनुहुन्थ्यो । प्रतियोगिताका लागि देशभरबाट १ सय ८२ फोटोग्राफरका ६ सय ३६ फोटो प्राप्त भएका थिए । निर्णायक चरणबाट विजेतासहित उत्कृष्ट ५४ वटा फोटोहरु छानिएका छन् ।


देशभरबाट प्राप्त फोटोहरुले देशको बर्तमान शिक्षाको स्थिति, विधार्थी, स्कूल र शिक्षक विचको सम्बन्ध झल्काउने तस्बिरहरु रहेको निर्णायक मण्डलका प्रमुख निर्णायक नरेन्द्र श्रेष्ठले बताए । उनले फरक क्षमता भएकाहरुको शिक्षामा शिक्षक र बिधार्थीका बिचको आत्मीयता, सम्बन्ध र लगनशिलता महत्वपूर्ण रहेको हुन्छ जुन विजेता तस्बिरले प्रष्ट देखाएको विचार व्यक्त गरे । प्रतियोगितामा आएका फोटोहरु नेपालको बहुभाषिय र अन्तर सस्कृति झल्काउने रहेको अर्का निर्णायक नितु पण्डितले बताउदै राम्राहरु फोटोहरु मध्येबाट विजेता सहित उत्कृष्ट तस्बिरहरु छानिएको बताइन् ।


विजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछन् । यसैगरी अन्य दुई सान्त्वना विजेताहरुले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विजेताहरुलाई यही २०७६ भदौ २२ गते अन्तर्रा्ष्ट्रिय शाक्षरता दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने विषेश कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । विजेता सहित उत्कृष्ट फोटोहरुको प्रर्दशनी २०७६ भदौ २२ गते देखी २८ गतेसम्म नेपाल आर्ट काउन्सिल (नेपाल कला परिषद ) बबरमहलमा गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : ०९ बजे