९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर अन्धकारमुक्त हुने


१८ भाद्र २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
१८ भदौं ०७६, ललितपुर । राजधानी काठमाडौंसँग जोडिएको ललितपुर । देश चलाउने मन्त्री निवास यही छ । तर विडम्बना यही ललितपुरका जनता विजुली बत्ती नभएर अन्धकारमा बस्छन् ।
धेरै नेपालीहरुलाई पत्याउन गाह्रो छ । तर वास्तविकता यही हो दक्षिण ललितपुरको गिम्दीको साहुमारा, प्युटारका गाँउमा अझै केन्द्रिय प्रशारण लाइनको विजुली बत्ती पुगेको छैन ।
विद्युत प्राधिकरण ललितपुरका प्रमुख विरेन्द्र कुमार सिंह ललितपुरको सबै ठाँउमा विजुली पु¥याउन ७ करोडको बजेट छुट्याइएको बताए । उनले भने, ‘अर्को बर्षबाट ललितपुर अन्धकारमुक्त हुन्छ ।’


लागत बढी रहेको कारण साहुमारामा विजुली लैजान नसकेको दक्षिण ललितपुर ग्रामिण विद्युत् सहकारीका अध्यक्ष गोविन्द बजगाँई वताउँछन् । उनी भन्छन्,‘अहिलेसम्मको कार्यक्रममा नपरेको कारण यहाँ विजुली बत्ती लैजान सकिएन ।’
१० प्रतिशत गाँउपालिका र अन्य श्रोतबाट र ९० प्रतिशत नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विद्युतीकरणले भोगेर यहाँ विजुली लैजाने योजना रहेको विद्युत् सहकारीका बजगाँई बताउछन् ।

प्युटारमा पनि

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ४४ बजे