३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंमा विहीबारबाट कागेश्वरी महामेला


१८ भाद्र २०७६, बुधबार  

0
Shares

१८ भदौ ०७६, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म महामेला लाग्ने भएको छ । उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएकोबारे कागेश्वरी महामेला व्यवस्थापन समितिले रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
कागेश्वरी नगरपालिकाका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिए । उनले मेलामा पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै एक लाख पचास हजार पर्यटक भित्र्याउने उद्धेश्य राखेको बताए ।
नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा उक्त मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । नगरपालिकाले तीन दिनसम्म बिशेष कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ ।
धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्धेश्यले नगरपालिकाले २२७ किलो धातुको कागको मूर्ती स्थापना गरी कागेश्वरी महादेब मन्दिरको पहिचान बनाएको पनि थापाले जनाए । भदौ १९ गते कागेश्वरी मेलाको उद्घाट्न गरी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, भदौ २० गते धार्मिक प्रबचन र महात्म्य संचालन हुने र भदौ २१ गते मन्दिरको सरसफाई गर्ने कार्यक्रम रहेको थापाले बताए ।
उनले मन्दिरको डिजाईन पुरातात्विक विभागबाट गराएको र ६ करोडको बजेट छुट्याएको साथै मन्दिर वरपर पर्यटकलाई लक्षित गरी भ्यू–टावर, पिकनिक स्पट बनाउने बताए । उनले मन्दिरमा जानका लागि सुन्दरीजल, गागलफेदी, कागेश्वरी नगरपालिका हुँदै छोटो बाटोको प्रयोग गरी जान सकिने पनि जानकारी दिए ।
कार्यक्रममा कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्बर एकका अध्यक्ष एवम् महामेला व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द गजुरेलले महामेलाको सम्पूर्ण तयारी भएको र कार्यक्रममा सानो ठाउँको बाबजुतपनि भक्तजनहरुलगायत सम्पूर्ण पत्रकार मित्रहरुलाई मेलामा उपस्थितिका लागि आमन्त्रण गरेका छन् । कार्यक्रममा सानो क्षेत्रलाई जतिसक्दो व्यवस्थित् गर्ने र आगामी वर्षमा मेलालाई मध्येनजर गर्दै ठाउँ व्यवस्थापन गर्ने पनि विश्वास दिलाए ।
मेलामा नगरपालिकाभित्र सार्वजानिक विदा दिने परम्परालाई यस पल्ट पनि निरन्तरता दिईएको आयोजकको भनाई छ ।


ॐकार ध्वनीका संस्थापक मुकुन्द शर्माले चराचर जगतको महिमा सुनाउँदै तीन दिनको अनुष्ठान् मेलाका लागि अभियान सुरु भएको अभियान अत्यन्त राम्रो र धार्मिक भएको प्रतिक्रिया दिए ।
उक्त मेलामा जाने भक्तजनहरुले गोसाईकुण्डको जल लिएर गए पवित्र हुने विश्वास रहेको पनि उनले सुनाए । उनले कागले छोए वा विस्टाएमा दशा लाग्ने रुढीबादी परम्परा भएको र कागले छोएमा कागेश्वरीको दर्शन गर्न जानु भन्ने परम्परा रहेको बताए ।
उनले भने,‘यस मन्दिरमा मकै ल्याएर कागलाई अर्पण गर्नु, यहाँ अवस्थित् पर्वतमा चढ्यो भने असम्य यज्ञ गरेको फल पाईने किम्बदन्ती छ ।’ कागेश्वरी मन्दिर स्वर्गको नमूनाको रुपमा रहेको र उक्त मन्दिरबाट काठमाडांै उपत्यकाको पनि मनोरम दृश्यहरुको दर्शन गर्न पाईने पनि शर्माले जनाए ।
धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित उक्त क्षेत्रमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढ्दै गएको पनि आयोजकको दाबी छ । नेपालको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेव मन्दिरमा हरेक वर्ष कागेअष्टमीका दिन विशेष मेला लाग्ने गर्दछ ।
कागेअष्टमीका दिन दर्शन गर्नाले सम्पूर्ण पाप नाश हुने, लोकमा सुख, शान्ति र सदभाव हाँसिल गरी परलोकमा मोक्ष पाइन्छ भन्ने जनविश्वास रहँदै आएको छ । रत्नपार्कदेखि २० किलोमिटरमा अवस्थित् उक्त मन्दिरमा परापूर्व कालदेखि नै मेला लाग्ने गरेको जनविश्वास रहीआएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ८ : ५० बजे