१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्व सभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान


१९ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडौं । अदालतले घुसकाण्डमा दोषी ठहर्‍याएको पूर्व सभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् ।

अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो ।

अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । घुस काण्डमा सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले रु एक लाख जरिवाना र छ महीना कैद हुने फैसला सुनाएको थियो ।

विसं २०६७ भदौ १४ गते एक एक व्यक्तिलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले रु दुई लाख पाँच हजार र कार्कीले रु एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार–चार महिना कैद र बिगोबमोजिम रु एक–एक लाख जरिवाना हुने फैसला सुनाएको थियो ।

प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसद्को सभासद् भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महिना कैद सजाय समेत थप गरी छ महिना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।