१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डेंगुको माहामारी ः २६ सयलाई डेंगु रोग, ४ जनाको मृत्यु


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

२० भदौं ०७६, काठमाडौं । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा झण्डै २६ सय जनालाई डेंगुको संक्रमणले भेटेको तथ्य खुलेको छ । रिर्पोटस क्वलमा आयोजित अन्र्तक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा संक्रमण देखिएको र साउन १ गतेदखि भदौ १७ गतेसम्म २५ सय ५९ जनामा डेंगु रोगबाट संक्रमित भएको तथांक प्रस्तुत गरे । उनका अनुसार डेंगुबाट चार जनाको मृत्यु भईसकेको छ ।
एनका अनुसार हालसम्म प्रदेश १ मा ७ सय ५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १हजार ९३ जना, प्रदेश ४ मा ५ सय ७२ जना,प्रदेश ५ मा १ सय ५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको उनले बताए । यो रोगबाट कास्की, मकवानपुर, सुनरी,चितवनमा बढी संक्रमण देखिएको छ ।
एनका अनुसार उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेको छ । अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको उनले जानकारी गराए । रोग नियन्त्रणका लागि जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै गैर सरकारी संस्था, स्थानीय निकायको अगुवाईमा नेपालभर डेंगु संक्रमणका लक्षण र बच्ने उपायका बारेमा घरघरमा जनचेतना फैलाउने काम भईरहेको जानकारी दिए ।
महाशाखा प्रमुख डा. विवेक लालले भने,‘देशभरका स्थानीय तहमा न्यूनतम ८७ लाख र अधिकतम ८९ लाख बजेट छुट्याएको र हालसम्म ८५ वटा स्थानीय तहमा बजेट विनियोजन गरिएको छ ।’विरामीहरुमा डेंगु संक्रमणको कारण मात्र नभई स्क्रबटाइफस, कलेजोको रोग, उच्च रक्तचाप, मृगौलाको संक्रमण जस्ता कारणहरुबाट पनि विरामीको मृत्यू हुने गरेको उनको भनाई छ ।
लाम्खुट्टेले १०० जनालाई टोकेमा १० जनालाई डेंगु संक्रमण हुने र संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने,आखाँको गेडी दुख्ने जानकारी गराए । बढी संक्रमण भएकाहरुमा रक्तश्राव हुने, हड्डी भाचिए जस्तो दुखाई हुने,बान्ता हुने, खान मन नलाग्ने शरीर शिथिल हुँदै जाने जस्ता लक्षणहरु देखिने जानकारी दिए ।
शुक्रक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले हरेक दुई दुई वर्षको अन्तरालमा डेंगु संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताए । उनले भने–डेंगु संक्रमण ६ देखि ७ हजार फिटसम्मको उचाइसम्म पुगिसकेको छ । यो रोग लामखुुट्टेले संक्रमितलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा सर्ने बताए । उनले आफू कार्यरत रहेको अस्पतालमा भदौ १९ गते २५० जनालाई उपचार गरेकोमा ११७ जनामा डेंगु संक्रमण देखिएको जानकारी समेत गराए । विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको र हाल २५ हजार विरामीको उपचार भइरहेको उनले बताए । विरामीहरुमा अन्य संक्रमण भएको कारण सबै विरामी डेंगु संक्रमणबाट मृत्यु भएका होइनन भन्ने उनको भनाई रहेको छ । उनले भने–डेंगु संक्रमण क्लासिकल लाम्खुट्टे र सेविसियल लाम्खुट्टेको टोकाइबाट मात्र डेंगु संक्रमणहुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने उनले बताए । यसका लागि संगठनिक संरचना कमजोर भएको,जलवायु परिवर्तन यसका मुख्य कारण बताए । लाम्खुट्टेको अध्ययन गर्दायो २० वर्ष भन्दा पहिले भित्रिएको बताए । त्यसभन्दा पछाडि नभएको र यसबाट बच्नका लागि लाम्खुट्टेको सर्भे गर्ने सांगठनिक संरचना बलियो बनाउँदै जाने, लाम्खुट्टेले मार्ने काम कुन निकायको हो निर्धारण गर्ने,देशमा लाम्खुट्टेको रिसर्च गरेर नियन्त्रण उपाय पत्ता लगाउनुपर्ने बताए । उनले भने–सबैभन्दा बढी संक्रमण हुनमा टायर कम्पनी तथा टायर राख्ने ठाउँ, स्कुल, कलेज,स्वास्थ्य मन्त्रालय समेतले चर्पीको गलत तरिकाले प्रयोग गरेको कारण हुन्छ ।डेंगु संक्रमण रोकथामका लागि नगरपालिकाले आदेश दिएर सरकारी अड्डा, स्कुल कलेजमा सफा गर्न लगाउने र सबै क्षेत्रबाट सरसफाईका लागि विशेष भूमिका निभाउन सके रोगवाट बच्न सकिने जानकारी दिए । नगरपालिकाले घरको नक्शा पास गर्दा अनिवार्य घरको झ्याल ढोकामा जाली हाल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : ३० बजे