९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नबन्दै भत्कियो अपाङ्गमैत्री फुटपाथ (स्थलगत)


२१ भाद्र २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
२१ भदौं ०७६, पुल्चोक । ललितपुर पुल्चोकमा निर्माणाधिन अपाङ्गमैत्री फुटपाथका टायल फुटेको अवस्थामा भेटिएको छ । ललितपुर महानगरपालिकाले ललितपुरलाई अपाङ्गमैत्री शहरको रुपमा विकाश गर्ने योजना सकित शुरु गरेको यो योजना शुरु गर्दा गर्दै भत्केको हो ।


अपाङ्गमैत्री फुटपाथ बनाउदा बनाउदै फुट्नुका साथै कतै दविएको छ । सधै सर्वसाधारणहरुको घुइचो हुने फुटपाथमा जताततै निमार्ण सामाग्री राखेर यात्रुलाई अप्ठ्यारो परेको देखिन्थ्यो ।
केही समयअधि सरकारले राजधानीका अधिकाशं फुटपाथ अपाङ्गमैत्री बनाएको थियो ।


के हो अपाङ्गमैत्री ?
सडक किनारामा राखिएको फुटपाथमा अपाङ्गता भएका व्यक्तिले छामेर बाटो पहिचान गर्न सक्ने अवस्थाको फुटपाथलाई अपाङ्गमैत्री फुटपाथ भनिन्छ । विशेष गरि आँखा नदेख्ने सेतो छडी बोक्ने व्यक्तिहरुकको सुविधाका लागि यो फुटपाथ उपयोगी छ । अपाङ्गमैत्री फुटपाथमा विचमा खुट्टाले छाम्दा पत्ता लाग्लो भाग राखिएको हुन्छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ७ : ४७ बजे