८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


करिश्मा ललितपुरको किटिनी कलेजमा व्यस्त


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडौं । अचेल कलेज जान थालेकी छिन् करिश्मा मानन्धर। त्यो पनि आफू जन्मिए हुर्किएको ठाउँ नजिकैको कलेज । उनी गोदावरी नगरपालिकास्थित टौखेलको किटिनी उच्च माविमा ११ कक्षामा अध्ययनरत छिन् ।

कलेजको पहिरनमा चिटिक्क परेर नियमित जाने आउने गर्छिन् । आफूहरुसँग लोकप्रीय नायिका पढ्न आएपछि विद्यार्थीहरु पनि उत्साही छन् ।

करिश्माले टौखेलमै घर बनाएकी छिन् । बिनोद मानन्धरसँग विवाह गरेपछि जग्गा खरिद गरी घर निर्माण गरिएको दुई दशक बितिसकेको छ । घर टौखेलको चोकमै छ । त्यहाँ करिश्मा विगत देखि नै आवतजावत गर्थिन् ।

करिश्माले यसैवर्ष एसईई उत्तीर्ण गरेकी हुन् । उनी राजनीतिमा लाग्दा कम पढेको भनी खिसी गरेपछि इशालु भएकी हुन् । उनले पीएचडी गर्ने धोकोका साथ कलेज पुगेकी हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  १० : ०६ बजे