२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता शाहिद कपुरको जीवन बदल्ने त्यो पुस्तक


३० भाद्र २०७६, सोमबार  

0
Shares

काठमाडौं । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले ।

२२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म पर्‍यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने । बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी हुन् ।

उनले शाहिदलाई शाकाहारी भोजनका लागि पटकपटक सुझाव दिने गरेका थिए, तर त्यसको प्रभाव परेको थिएन । तर हाइन्सको पुस्तकले सबै बदलियो ।

हाइन्स पनि कुनै समय राधास्वामीका अनुयायी थिए र उनले यस पुस्तक राधा स्वामी सत्संग ब्यासका लागि लेखेका थिए । शाहिद अन्ततः राधास्वामीको भक्त बने । तर, रोचक आज हाइन्स आफै राधा स्वामीको मार्गमा छैनन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।