ललितपुरखबर फोटोग्राफी
३० भदौं ०७६, बानेश्वर । मंगलबार संसदमा सत्तापक्ष र प्रतिपक्ष जुवारी चल्यो । प्रतिपक्षले संसद अवरोध गरेसँगै सत्ता पक्षका सासंदहरुले प्रतिरोध गरेपछि संसद स्थगित भयो । प्रमुख प्रतिपक्ष सासद पुष्पा भुसालको मन्तव्यपछि सत्तापक्षका सासंद नन्दलाल रोकायाले बोलेपछि प्रतिपक्ष दल झनै रुष्ट बनेको थियो ।
त्यस लगत्तै सासंदहरुले वेल घेरेर बैठक अवरुद्ध गरे । बैठक अवरुद्ध हुनु अघि सभामुख कृष्णबहादुर महराले पटक पटक बस्न र आफ्नो कुरा सुन्न आग्रह प्रतिपक्षले टेरेनन् । सत्तापक्षका सासंदहरु भने प्रतिपक्षको कदमको विरोध गर्दै निरन्तर टेवुल ठटाएर सासंद नन्दलाको भाषणको समथन गरेका थिए ।
झण्डै आधा घण्टासम्म प्रतिपक्ष सासंदहरुलाई नारा लगाउन दिएपछि सभामुख कृष्णबहादुर महरालेबैठक सोमबारका लागि स्थगित गरे ।
प्रतिक्रिया