६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


देश बन्दैछ


३१ भाद्र २०७६, मंगलबार  

0
Shares


मिसन शर्मा

यो भएन । त्यो भएन । सधैं देश बनेन । खत्तम भयो । यस्तो चर्चा धेरै सुन्यौं । आउनुस् आज देश विकाश र प्रगतिका केही सकारात्मक चर्चा गरौं ।
नेपालमा केही यस्ता आयोजना छन् । जसले देशको भविश्य नै परिवर्तन गर्न सक्छ । यिनै योजनाहरु नै देशको मुहार फेर्न काफी छन् । तर ती आयोजनाहरु इमानदारीपूवृक समयमै निर्माण हुने,लागत नबढ्ने र योजना सञ्चालनका क्रममा भष्टाचार नहुने हो भने नेपालीको जीवन नै बदलिन्छ ।
केही समयपछि नै माथिल्लो तामाकोशी ४५६ मेगावाटको विद्युत् परियोजना पुरा हुँदैछ । यो विद्युत् आयोजना सानो होइन । आजकल पुरै नेपालमा बाल्ने गरिएको बत्तीको झण्डै आधा विजुली ४५६ मेगावाटको हो । कुलेखानी तेश्रोजस्ता अन्य ३÷४ सय मेगावाटका थप विजुली पनि यसै आर्थिक बर्षभित्र राष्ट्रिय प्रशारण लाइनमा जोडिदैछ । यो विजुली आएपछि नेपालमा के परिवर्तन होला । एक पल्ट विचार गरौं न ।
अहिले नेपालले झण्डै ३ सय मेगावाट जति विजुली भारतबाट किनेर ल्याइरहेको छ । हामी त्यो किन्नै बन्द गर्न सक्छौं । हाम्रो पैसा भारत जाँदैन ।
करिव एक वर्षपछि नेपाललाई चाहिने भन्दा धेरै विजुली बत्ती हुनेछ । त्यस बखत हामी भारतलाई विजुली बेचेर पैसा कमाउन सक्छौं । भारतले किनि दिएन भने हामीलाई पनि चाहिन्छ विजुली । ग्याँसभन्दा विजुली सस्तो पर्छ । हामी ग्याँस बाल्न छोडेर हिटर बालौला ।
विजुली खपत गर्दा हाम्रो पैसा अन्य इन्धनका लागि विदेश जादैन । अहिले वर्षको एक खरवभन्दा धेरै इन्धन किन्न हाम्रो खर्च भइरहेको छ । विजुलीबाट चार्ज गरेर चल्ने गाडी चलाउन सकिन्छ ।

नेपालमा पर्याप्त विजुली हुनासाथ भारतका केही उद्योगहरु नेपालको तराईमा प्लाल्ट राखेर उद्योग चलाउनेछन् । नेपालमा उद्योगमा काम गर्ने श्रमिकहरु अरु ठाँउभन्दा सस्तो छ । उद्योगहरु पक्के खुल्नेछन् ।
यसरी नेपालमा उद्योग खोल्दा उद्योगीहरुलाई नापाm छ । त्यसो नभए देशभित्रकै उद्योगहरुले क्षमता विस्तार गरेर हाम्रो विजुली देशभित्र नै खपत हुन सक्छ । नयाँ उद्योग खोज्न राज्यले कर भन्सार छुट दिएर खोन सक्छ । अर्कोतर्फ गाडी मोटरसाइकल जस्ता विद्युतीय सवारी साधन आयातका लागि भन्सार छुट दिएर प्रोत्साहन गर्न सक्छ । देशमै मोटर कारखाना खोल्न प्रोत्साहन गरे विजुली र रोजगारीमार्फत फाइदा हुन्छ ।
त्यो विजुली विजुली मात्रै होइन पैसा हो । देशका यस्ता ठूला आयोजना बनेपछि देशको आर्थिक क्षमता पनि बढ्नेछ । जनता धनी बन्न सहयोगी हुनेछ ।
सम्भवतः केही महिनामै गौत्तम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी विमानहरु आउनेछन् । सोचौ त अव नेपालसँग २ वटा ठूला अन्र्तराष्ट्रिय विमानस्थल हुनेछ । फेरि अर्को बर्ष पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्नेछ अनि नेपालका ३ वटा अन्तराष्ट्रिय विमानस्थल हुनेछ । नीजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण यो बर्ष नै शुरु हुनेछ । अनि हामीसँग ४ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु हुनेछन् ।
ठूला विमानस्थल भएर के हुन्छ र भन्ने लाग्न सक्छ । हुन्छ ,केही अवश्य हुन्छ । विदेशबाट ठूला विमान मात्रै आउदैनन् । पर्यटक पनि आउनेछन् । नेपाल जस्तो देशका लागि विदेशी डलर भित्रने पर्यटन उद्योग भरपर्दो माध्यम हो । देशका यी तिनै वटा विमानस्थलहरु पूर्ण क्षमतामा चलाउने हो भने ३० लाख भन्दा धेरै पर्यटक नेपाल आउनेछन् । नेपाल घुम्ने पर्यटक ५ तारे होटलमा बस्ने,महँगा ट्रकिङ्ग रुट प्रयोग गर्ने र बुद्ध एअर,यति एजरजस्ता आन्तरिक विमानहरु प्रयोग गर्ने हुँदा पर्यटनमा आधारित उद्योगहरु फस्टाउनेछन् । नयाँ नयाँ रोजगारीको अवसरहरु श्रृजना हुनेछन् । विदेशी मुन्द्रमो संचिती बढ्नेछ । नेपालीहरुको आयस्तर बढ्नेछ ।
नेपाली सेनाले बनाउदै गरेको काठमाडौं नीजगढ फस्टट्रयाक नयाँ नेपालको लाइफलाइन हो । यो सडक बनेपछि काठमाडौंबाट बाराको नीजगढ पुग्न २ घण्टा मात्रै लाग्नेछ । यो सडकको निर्माणले प्रतिदिन लाखौं लिटर इन्धन बचत हुन्छ । त्यो फाइदा पनि नेपालीहरुलाई नै हो ।
भर्खरै निर्माण सम्पन्न भएको पेट्रोलियम पाइपलाइनबाट देशको बार्षिक २ अर्वको ढुवानी खर्च जोगिएको छ । फलस्वरुप प्रतिलिटर २ रुपैया मुल्य घटि नै सक्यो ।
पश्चिम तराईमा निर्माणाधिन सिक्टा र बबई सिंचाई आयोजनाबाट हजारौ विगाहा जमिन ंिसचित हुनेछ र उत्पादन बृद्धि हुनेछ ।
जयनगर जनकपुर रेल संचालनसँगै बर्दिबाससम्म निर्माण भइरहेको छ । नेपालीहरुको रेल सपना पुरा भएको छ भने पुर्व पश्चिम रेलमार्गको योजना बनिरहेको छ ।
मेलाम्ची आयोजना पुरा भएपछि काठमाडौंबासीले सफा पानी मात्रै खान पाउदैनन् । यो विनी बेचर देशको ढुकुटी पनि बलियो हुनेछ । आर्थिक चहलपहल बढ्नेछ ।
राष्ट्रिय गोरवको आयोजनाको रुपमा राखेर निर्माणाधिन कान्तिलोकपथ पनि केही महिना भित्रैमा पुरा हुने तरखरमा छ । ७० प्रतिशत सडक कालोपत्रे भइसकेको छ । यो सडक मार्गमाट हेटौडा जान ३ घण्टा भन्दा धेरै लाग्दैन । राजधानीबाट तराई जाने अर्को बैकल्पिक मार्ग खेलेपछि श्रम र उर्जामा खपत हुनेछ । दक्षिण ललितपुरबाट तराई पुग्ने छोटो बाटो कान्तिलोकपथ निर्माणको अन्तिम अवस्थामा छ । यो बैकल्पिक मार्गले हाम्रो अर्थतन्त्रको सहयोगी हुनेछ ।
हामीसँग यस्ता चर्चा योग्य अरु पनि आयोजनाहरु छन् । जसले नेपालको मार्गचित्र परिवर्तन गर्न सहयोगी हुनेछौं । निराश हुनु पर्ने अवस्था छैन । देश बन्दैछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : ०० बजे