४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने


२ आश्विन २०७६, बिहिबार  

0
Shares

 लपु संवाददाता
२ असोज ०७६, ललितपुर । आजदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको छ । मुख्य दिवस भोली भएको भएपनि आज भोली र पर्सि तीन दिन बिभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

सरकारले घर–घरमा राष्ट्रिय झण्डा राख्न र तिन दिन साँझ दिपावली गर्न आवह्न गरेको छ । यस बर्षको नारा नै ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने तय गरिएको छ ।

‘नेपालको संविधान, २०७२ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमा समेत मनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहिबार  १० : ३४ बजे