९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इन्डोनेसियामा भीषण भूकम्पको एक वर्ष


११ आश्विन २०७६, शनिबार  

0
Shares

११ असोज ०७६,ललितपुर।  इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको भीषण भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ । यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृत्यु भएको थियो ।
गत वर्षको सेप्टेम्बर महिनामा तटीय शहर सुलावेसीमा आएको ७.५ रेक्टर स्केलको भूकम्पको मारिएका व्यक्तिहरुको सम्झनामा सामूहिक प्रार्थना गर्ने कार्यक्रम सम्पन्न भएको सम्बन्धित अधिकारीहरुले बताइएको  छन् ।

त्यस भूकम्पमा परी मारिएका र बेपत्तासहित व्यक्तिको सङ्ख्या करिब ४ हजार ३०० भएको जनाइएको छ । सो भूकम्पको कारण घरबारबिहीन भएका करिब ६० हजार व्यक्तिहरु अझै बिभिन्न शरणार्थी स्थलमा रहेका छन् ।

इन्डोनेसियामा बारम्बार भूकम्पको प्रकोपले सतारहेको हुन्छ । इन्डोनेसियामा सन् २००४ मा गएको ९.१ भूकम्प र त्यसपछिको सुनामीमा परी कम्तीमा २ लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो । लाखौ व्यक्ति घरबारबिहीन भएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ९ : १४ बजे