४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभामुख महरालाई यौन दुराचारको आरोप


१४ आश्विन २०७६, मंगलबार  

0
Shares

१४ असाेज ०७६, ललितपुर। सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको आरोप लागेको छ । सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन । गतआइतबार बेलुका तिनकुने स्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छन ।

सभामुख महराले  आफूमाथि लागेको आरोप निराधार र कपोलकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन् । उनी आइतबार दिउँसो १२ बजेसम्म सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा रहेको र २ बजे बनलुवाटार निवास फर्किएपछि कतै नगएको उनको सचिवालयद्वारा विज्ञप्तिमा जारी  गरिएकाे छ । सभामुखको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठा सिध्याउने षड्यन्त्र भएको छ, यो सुनिश्चित र योजनावद्ध छ’ विज्ञप्तिमा भनिएको छ ।

ती महिलाले  आइतबार बेलुकी आफ्नो कोठा आएका सभामुख महराले जर्बजस्ती गरेपछि प्रहरीलाई खबर गरेको बताएकी छन् । प्रहरी स्रोतका अनुसार ती महिलाले हटलाइन १०० मा फोन गरकी थिइन । केहीबेरमै महानगरीय प्रहरी उनको डेरामा पुगेका थिए । त्यतिखेर ती महिला एक्लै थिइन । प्रहरीले उनलाई जाहेरी दिन हिड्न भनेको थियो । उनले सोमबार आउने बताएकी थिइन । तर उनी सोमबार प्रहरीमा गएकी छैनन् । जाहेरी नपरेकाले प्रहरी अधिकारीहरु बोल्न चाहेका छैनन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ६ : ४० बजे