२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल टेलिकमको ‘फोरजी’ सेवा ३२ जिल्लामा विस्तार


१५ आश्विन २०७६, बुधबार  

0
Shares

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलि । तस्विर ः ललितपुर खबर

१५असोज ०७६ ललितपुर।  सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी सहरमा ‘फोरजी’ सेवा सन्चालनमा ल्याएको छ । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘स्वीच’ दबाएर फोरजी प्रविधि मार्फत् ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको छ । यसैको लागि करिब १ सय ५० भन्दा बढी स्थानमा ‘बीटीएस टावर’ जडान गरिएको हो भने फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ ।

गत माघमा सम्झौता भएबमोजिम एक वर्षभित्र देशका सहर देखि गाउँसम्म सेवा र्पुयाउने लक्ष्यसहित काम भइरहेको र उक्त सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको जानकारी गराएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : ३४ बजे