३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य बढ्यो तोलाको ६००


१५ आश्विन २०७६, बुधबार  

0
Shares

१५असोज ०७६ ललितपुर । मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ५०० निर्धारण भएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ६८ हजार ९०० मा कारोवार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८३५ पुगेको महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : ३८ बजे