४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वसभामुख महरा पक्राउ गर्न प्रहरीलाई अनुमती


१९ आश्विन २०७६, आइतबार  

0
Shares


१९ असोज ०७६, काठमाडौं । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ ।
म्हरम विरुद्ध संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
महरालाई पक्राउ गर्नुअघि संसदले महरालाई निलम्बन गर्नु हुन्छ ।
शाहीले पहिले महरा त्यो दिन साँझ उनको कोठामा आएको बताए पनि पछि कुरा फेरेकी थिइन् । शाहीले प्रहरीलाई फोन गरेर मौखि उजुरी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
१४ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले ततकालीन सभामुख पदर र सांसद पदबाट राजीनामा दिन सुझाएको थियो । महराले अनुसन्धानलाई सघाउन भन्दै आरोप प्रमाणित नहुन्जेललाई राजीनामा दिएका थिए ।
पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिइन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ५ : २५ बजे