४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज बिहानैदेखि तलेजु मन्दिरमा घुइँचो


२० आश्विन २०७६, सोमबार  

0
Shares

२०असाेज ०७६काठमाडाैं । बडादशैँको वर्षमा एक दिनको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ ।

सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम जारी छ । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर हाल विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माणको क्रममा छ । यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक हुन् तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १० : १६ बजे