८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


टी–ट्वान्टी खेलमा नेपालकाे विजयी सुरुवात


२० आश्विन २०७६, सोमबार  

0
Shares

२० असाेज ०७५, ललितपुर । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टीमा नेपालले विजयी सुरुवात गरेको छ ।नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको थियो।

ओमानको अल अम्रेट क्रिकेट स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको हङकङले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो ।

नेपालका लागि विनोद भण्डारीले अविजित ५८ रन बनाए । आरिफ सेखले २१ रन र सोमपाल कामीले १३ रनको योगदान गरेका थिए । यसअघि व्याटिङ गरेको हङकङले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो । नेपालका लागि करण केसीले ४ विकेट हात पारे । नेपालले भोली नेदरल्याण्डसँग खेल्नेछ ।

ओमानको आयोजनामा भइरहेको टी–२० श्रृंखलामा नेपाल, आयोजक ओमान सहित नेदरल्याण्ड, हङकङ र आयरल्याण्ड सहभागी छन् ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १० : ४२ बजे