ललितपुर खबर फोटोग्राफी
२१ असोज ०७६, काठमाडौं । दशैंको टिकाको दिन दिउँसो शित्तल निवासको ढोकामा भीड थियो । उत्तिकै भीड नजिकै रहेको पुर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मल निवासमा पनि लाग्यो ।
यता शित्तल निवासमा टिका थाप्नेहरु शान्तपुर्वक राष्ट्रपति निवास गइरहेका थिए । तर निर्मल निवासमा पुर्वराजाको पक्षमा नारा लगाउदै सहभागी राजालाई राजनीतिमा तान्दै गरेको दृश्य देखिन्थ्यो । सहभागीहरुले पुर्वराजाको अंकित व्याच लगाएका थिए । नीजि निवास अगाडि उत्तिकै लाइन थियो ।
राष्ट्रपति निवासमा सहभागीलाई स्याउ खवाइएको थियो । तर पुर्वंराजाले ढोकैमा जारको पानी राखेको देखिन्थ्यो । हेरौ निर्मल निवास र शित्तल निवासको भीडको दृश्य ।
प्रतिक्रिया