९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा नचाइयो ठेचोको नवदुर्गा नाच


२२ आश्विन २०७६, बुधबार  

0
Shares

नाच अघि विधि पुर्याउदै गुठीयार । तस्विर ः निर्मलरत्न शाक्य

लपु संवाददाता
२२ असोज २०७६, ललितपुर । ललितपुरको ठेचोको नवदुर्गा नाच पाटनको पट्को डबलीमा देखाइएको छ । ठेचोको नाच पाटनको पट्को डबलीमा मंगलबार दशैंको टिकाको रसाँझ नचाइएको थियो ।

नवदुर्गा नाच पाटन लैजाने क्रममा झाकि सहत पैदल जाँदै देवगण र गुठीयारहरु । तस्विरहरु ललितपुर खबर

नच हुनुअघि ठेचोको नवदुर्गा मन्दिरबाट गुठीयारहरुले देवगण सहित सरसामान खर्पनमा राखेर हिडाएर पाटन पु¥याइएको थियो । नाच पाटन लैजाने क्रममा गुठीयारले एक्लो सनाई बजाएका थिए ।
पट्कोमा नाच देखाउने नवदुर्गा नाचका गुठियारले गरेसँगै पट्को टोल सुधार समिति र ललितपुर महानगरपालिका–१६ वडा कार्यालयले व्यवस्थापनमा सघाएका हुन् ।

ठेचोबाट पाटन जाँदै देवगण ।

नाच सञ्चालनका लागि वडा कार्यालयले पूजा सामग्री र बलि दिइएको लागेकोे ललितपुर महानगर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताए । अर्को वर्षका लागि आवश्यक रकम महानगरपालिकाको दरबन्दीमा राखिने निर्णय भएको शाक्यले बताए ।
ठेचोको नवदुर्गा नाच पाटन दरबार क्षेत्रको पुरानो नाचमा गनिन्छ । यो नाच राजा मानदेवको इष्टदेवता मनमानेश्वरी तथा मल्ल राजाका इष्टदेवता तलेजु भवानीसँग पनि सम्बन्धित छ ।

देवगणले लगाउने मुकुण्डो ।

यो नाच पाटन दरबारको मूलचोकमा प्रत्येक वर्ष दशैंको टिकाको दिन र कोजाग्रत पूर्णिमासम्म चार दिन नचाउनुपर्ने परम्परा भए पनि लामो समयदेखि नचाउन बन्द गरिएको थियो।

नाच देखाइदै ।

यो नाच अघिल्लो साल २०७५ बाट सुचारु हुन थालेको हो । अघिल्लो बर्ष यो नाच नेवाः पत्रकार राष्ट्रिय दबू यल र यल सांस्कृतिक पर्व संरक्षण समिति, नवदुर्गा गुठियार, पाटन दरबारको मूछें आगमघरका पुजारी, ललितपुर महानगरपालिकालगायत पहलमा पुनः सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ७ : २३ बजे