२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जग्गाको भाउ बढाउन सडक खोल्दा विग्रयो छम्पी सडक 


२४ आश्विन २०७६, शुक्रबार  

0
Shares

जोखिमयुक्त सडकमा गुड्दै गरेको बस ।

लपु संवाददाता
२४ असोज ०७६, छम्पी । गोदावरी नगरपालिका ९ छम्पीस्थित टिकाभैरव एकान्तकुना मुख्य सडक काटेर जग्गा व्यापारीले सडक खोल्दा मुख्य सडकमै जोखिम बढेको छ । इटाइटीस्थित मुख्य सडक काटेर जग्गामा बाटो लैजाँदा स्थानीय गाडीहरु जोखिमपूर्ण तरिकाले ओहोर दोहोर गरिरहेका छन् ।
एक स्थानीयले वडा कार्यालयकै सिफारिसमा मुख्य सडक विगारेर बाटो लगेको जानकारी दिए । उनले भने, ‘जग्गाको भाउ बढाउन वडा कार्यालयको सिफारिसमा मुख्य बाटो विगारिएको हो ।’
बटो खोलिएको ठाँउमा कुनै घर छैन । खेतमा बाटो लगेर भाउ बढाउनकै लागि वडाध्यक्षले बाटो लैजान सिफारिस दिएको एक स्थानीयले आरोप लगाए ।
यो ठाँउमा केही समयअघि पहिरो गएको थियो पहिरो गएपछि तारजाली भरेर पहिरो रोकथाम गरिएको भएपनि त्यही ठाँउ खनेर अहिले बाटो बनाइएको हो ।
बाटो ठाडो न ठाडो गाडी गुडाउनै नमिल्ने देखिन्छ ।
गोदावरी नगरपालिका ९ का वडाध्यक्ष आत्माराम थापा वर्षामा खेतमा जाने बाटो रहेको ठाँउबाटै स्थानीयकोे मागका कारण बाटो खालिउको जानकारी दिए । उनले भने, ‘पहिले सिडी बनाउने भनेर सिफारिस लिएको थिए तर पछि मोटर बाटो खनेको खनेछन् ।’

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ५९ बजे