४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ राष्ट्रपति सी चेन्नईबाट नेपाल आउँदै


२५ आश्विन २०७६, शनिबार  

0
Shares

२५ असोज २०७६ काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौँ आउँदै हुुनुहुन्छ ।

राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । भारतको चेन्नाइमा रहनुभएका राष्ट्रपति सी केही घण्टाअघि काठमाडौँका लागि प्रस्थान गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आउन लाग्नुभएको हो । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ४ : १३ बजे