२७ असोज २०७६, काठमाडौं। पुर्व सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालबाट लिने तयारी भएको छ ।
महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतले बताएकाृ छ । प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो ।
त्यसैगरी उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाट बाहिर लैजान नमिल्ने भन्नेपछि अस्पतालमै बयान लिने तयारी भएको हो । पुर्वसभामुख महरालाई उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि पुर्वसभामुख महरा नर्भिक अस्पतालमा उपचारत हुनुहुन्छ ।
प्रतिक्रिया