१ कार्तिक २०७६,काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना जारी छ। बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। निर्वाचन आयुक्त शिव रिजालका अनुसार रातिदेखि अफ्रिका र ओसिएनको मतगणना जारी छ। उनका अनुसार पहिलो चरणको मतपरिणाम केही समय पछि आउने निर्वाचन मडलले जनाएको छ।
त्यसैगरी आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो।
प्रतिक्रिया