९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आज तिहारको भाईटिका


१२ कार्तिक २०७६, मंगलबार  

0
Shares

१२ कार्तिक ०७६, ललितपुर । हिन्दु नेपालीले मनाउने दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आ भाई टिका देशभर भव्यताका साथ मनाइदैछ । कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाईटिका आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्दैछन् ।
दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारको ५ दिनलाई यमपञ्चक समेत भनिन्छ । तिहारको मुख्य दिन भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई आरोग्य र ऐश्वयको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाउने चलन छ ।
भाईटिकाको क्रममा आफ्ना दिदीबहिनीहरुलाईं टिका ग्रहणसँगै बस्त्र र नगद दान दक्षिण दिइन्छ । भने आफ्ना दाजुभाईलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा मिठान्न परिकार खुवाउने गरिन्छ ।
आफ्ना दाजुभाई नहुनेहरु राजधानी काठमाडौंको रानी पोखरी पुगेर टिका लगाउने गर्दछन् । पछिल्ला दिनमा दाजुभाई नहुनेहरुका लागि काठमाडौंमा सामुहिक टिका कार्यक्रम समेत आयोजना हुँदै आएको छ ।

आज विहान ११ः५५ बजे उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक समितीे जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ९ : ४१ बजे