२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलिको स्वास्थ्य रिपोर्ट गोप्य,गम्भिर रहेको आशंका


१४ कार्तिक २०७६, बिहिबार  

0
Shares

 


१४ कार्तिक ०७६, ललितपुर । बुधबार विहान धापासीस्थित एक अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्री केपि ओलिलाई बुधबार दिउँसो डिसर्ज गर्ने हल्ला आयो । रक्षा मन्त्री इश्वर पोखरेल प्रधानमन्त्री केपि ओलि भेटेर ३ बजेतिर अस्पतालबाट बाहिरिए । निस्कने क्रममा रक्षामन्त्री पोखरेलले प्रधानमन्त्री ओलि नियकित जाँचको क्रममा अस्पताल आएको र केही समयपछि अस्पतालबाट वालुवाटार फर्कने बताए ।
अस्पतालको भिआईपि गेटमा प्रधानमन्त्रीको गाडी तम्तयार थिए । सुरक्षाकर्मीहरु अलर्ट थिए । तर साँझ ४ बजेतिर सुरक्षामकीहरुलाई खाजा खान माथिबाट आदेश आयो । प्रधानमन्त्रीको सवारीको गाडीमा रहेका सबै सुरक्षाकर्मी अस्पतालको क्यान्टिनमा गए । फुर्सदले खाजा खाए अनि एक घण्टापछि फर्किए ।
बुधबार नै फर्किने भनिएका प्रधानमन्त्री नफर्कने छाटकाट देखियो । प्रधानमन्त्री फर्कने तस्विर लिन पुगेका फोटोपत्रकार र टिभि पत्रकार रात पर्न थालेपछि फर्किए ।
साँझ नै अस्पताल डाक्टर चक्रराज पाण्डे र प्रा. डा.दिव्यसिंह शाहको नाममा स्वास्थ्य सामान्य रहेको र सम्भव भएसम्म राती नै डिस्चार्ज हुने विज्ञप्ती जारी भयो । तर प्रधानमन्त्रीको मृगौलाको तत्काल डायलिसिस गरियो । प्रधानमन्त्रीलाई धापासीस्थित एक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ ।


प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको विषयमा डाक्टरहरुको विज्ञप्तीबाहेक अरु कुनै स्वास्थ्य बुलेटिन प्रकाशित छैन । केही बर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलिको स्वास्थ्यमा बेला बेलामा खराबी आइरहेको छ । ४ बर्ष अघि हातमा लागेको चोट निको हुन सकेको थिएन । भने अघिल्लो महिनाअघि प्रधानमन्त्री ओलि स्वास्थ्य उपचारका लागि अमेरिका गएका थिए ।
प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेको पाइएपछि चिकित्सकहरूले आकश्मिक रूपमा डाइलाइसिस गरेका हुन् । उनको विहीबार अब अर्को पटक डाइलाइसिस गर्ने नगर्ने टुंगो लागेको छैन । प्रधानमन्त्री केही दिनदेखि अस्वस्थ्य थिए । उनलार्ई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनाइन र प्रोटिन अत्यधिक बढेको बताइएको छ । यी दुई तत्व ओलीको रगतमा अत्यधिक देखिएपछि चिकित्सकहरुले मिर्गौलाले काम गर्न छाडेको ठहरसहित डाइलासिस प्रक्रियामा जाने निर्णय लिएका थिए । प्रधानमन्त्रीको फोक्सोमा पनि संक्रमण भएको पाइएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रमको फोक्सोमा पानी जमेको छ। तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सबै रिपोर्टहरु गोप्य राखिएको छ । बुधबार साँझ ग्राण्डी अस्पतालको तर्फबाट निकालिएको प्रेस नोटमा प्रमको स्वास्थ्य सामान्य रहेको उल्लेख छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ९ : ०० बजे