१४ कार्तिक ०७६, ललितपुर । एशिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत सरोकारवालाहरु आबद्ध रहेको संस्था ‘सिटीनेट’ को ३८ औं कार्यसमिति बैठक नेपालमा हुने भएको छ । कात्तिक २० देखि सुरु हुने उक्त बैठकसँगै अन्तर्रा्ष्ट्रिय सेमिनार पनि आयोजना हुँदैछ । यो बर्ष ललितपुर महानगरपालिका आयोजक रहेको यो बैठक २० वर्षअघि काठमाडौं महानगरपालिकाले नेपालमा गरेको थियो।
बैठकमा भाग लिन विभिन्न देशका नगर प्रमुख र संघसंस्थाका प्रतिनिधि समेत गरी ४७ जना नेपाल आउदैछन् । तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा ‘ हेरिटेज एण्ड सस्टेनेबल डेभलपमेन्ट विषयमा सेमिनार हुनेछ । ललितपुर महानगरपालिका अघिल्लो महाधिवेशनमा कार्यसमिति सदस्यमा निर्वा्चित भएको थियो ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यो बैठक अनुभव आदानप्रदानका लागि महत्वपूर्ण हुने बताए । उनले भने, ‘यो बैठकमा सहभागीहरुबाट हामीले धेरै कुरा सिक्न सक्छौं ।’ सीप र क्षमता अभिवृद्धि गर्नका लागि समेत यो बैठकले मार्गप्रशस्त गर्ने उनी बताउँछन् । नेपाल भ्रमण वर्षको संघारमा हुन लागेको यो बैठकले एसिया प्रशान्त क्षेत्रमा नेपाल र ललितपुरको महिमा र वयान पु¥याउने उनले बताए । भने, ‘नेपाल भ्रमण वषर््ालाई सफल बनाउन यो बैठक महत्वपूर्ण हुनेछ । ’
पर्यटनविद् दिलेन्द्रराज श्रेष्ठ ललितपुर चिनाउनको लागि यो बैठक अत्यन्तै महत्वपूर्ण हुने बताउँछन् । ललितपुर महानगरका सल्लाहकार समेत रहेका उनी भन्छन् , ‘यो बैठकले नेपाल र ललितपुरलाई अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्छ । सिटीनेटमा हामीलाई सहयोग गर्न सक्ने नगरपालिकाहरु पनि छन् । यो बैठकमा सहयोग आदानप्रदानको विषयमा पनि छलफल गर्ने छौ ।’ त्यत्ति मात्रै होइन, सिटीनेटको बैठक सकिए लगत्तै एक महिना लगत्तै सुरु हुने नेपाल भ्रमण वर्षको लागि समेत यो बैठकसहितको सेमिनार सन्देश लिएर जाने बताउँछन् श्रेष्ठ । ललितपुर चिनाउने महत्वपूर्ण अवसर हो । सीप, प्रविधि, शिक्षा लगायतको क्षेत्रमा सहयोग हुन सक्छ ।
सिटी नेट सन् १९८७मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्थाहरु आबद्ध भएको संस्था हो ।
सिटीनेटले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताहरुको क्षमता अभिवृद्धि गर्न सहयोग गर्छ । त्यसैगरी सिटीनेटसँग आबद्ध भएका नगरहरु र संघसंस्थाहरुबीच असल अभ्यास र अनुभवहरु आदानप्रदान गर्न गरिन्छ ।
सिटीनेटको सदस्य भएका अन्य महानगरपालिकाहरुमा काठमाडौं, भरतपुर, विराटनगर, पोखरा रहेका छन् । उपमहानगरमा विरगंज, धरान, हेटौडा , नेपालगंज रहेका छन् । यसैगरी सिटीनेटको सदस्य हुनेमा गोदावरी महालक्ष्मी, तानसेन नगरपालिका रहेका छन् ।
१४ कार्तिक २०७६, बिहिबार
0
Shares
प्रतिक्रिया