४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली सेनाको नयाँ जहाज शनिबार आईपुग्ने


१५ कार्तिक २०७६, शुक्रबार  

0
Shares

नेपाल उडेका नयाँ जहाज ।

१५ कार्तिक ०७६, ललितपुर । नेपाली सेनाले किनेको नयाँ विमान इण्डोनेशियाबाट बुधबार काठमाडौंतर्फ उडेको छ । इन्डोनेसियाली मिडियाका अनुसार सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको थियो ।
यो विमान इन्डोनेसियाली सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको हो । उक्त विमान आगामी शनिबार काठमाडौं आइपुग्दैछ । यो विमान निर्माण गर्नका लागि सन् २०१७ को जुन महिनामा नेपाली सेना आफैंले ३ अर्ब ३८ करोड नेपाली रूपैयाँविमान कम्पनीलाई बैना वापत तिरेको थियो ।
सेनाको सैन्य गतिविधिका लागि अत्यावश्यकीय काममा प्रयोग गर्न यो विमान खरिद गरिएको बताइएको छ । विशेष गरेर सेनाले विपतको बेला उद्दारलगायत काममा प्रयोग गरिने नेपाली सेनाले बताएको छ ।
विमान अवतरणपछि परिक्षण उडान हुनेछ । परिक्षण उडानपछि आवश्यक प्रकृया पुरा गरेर प्रयोगमा ल्याइने छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : ०८ बजे