९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउ सडक मर्मतको माग, संर्घण समिती गठन


१५ कार्तिक २०७६, शुक्रबार  

0
Shares

शेरा फाँटमा आयोजित छलफलमा सहभागीहरु ।

लपु संवाददाता
१५ कार्तिक ०७६, चापागाँउ । चापागाँउ सडक मर्मतको माग राखेर स्थानीय रामभक्त महर्जनको संयोजकत्वमा २१ सदस्यीय संर्घष समिती गठन भएको छ ।
चापागाँउको बज्रवाराहीमा शुक्रबार विहान आयोजित भेलाले यो समिती गठन गरेको हो ।
काँग्रेस नेता तथा स्थानीय मीनकृष्ण महर्जनले संर्घण समितीको गठन भएपछि अव दवावमुलक कार्यक्रम आयोजना गरिने तर सडक बन्द गरेर जनतालाई दुःख दिने काम नहुने बताए । उनले भने, ‘हामी निरन्तर जनप्रतिनिधिहरुदाई दबाब दिन्छौं ।’


गतहप्ता शुक्रबारबाट सडक मर्मतका लागि सडक बन्द गर्ने स्थानीयबासीले घोषणा गरेको भए पनि बन्द भने भएन । नेता मिनकृष्ण महर्जन कसैले मदिरा सेवन गरेर सामाजिक सञ्जालमा लेखेको प्रतिकृया दिदै भने, ‘हाम्रो काम सडक बन्द गरेर जनतालाई दुःख दिने होइन । यस्तो काम हुन सक्दैन ।’

 

 

नगरपालिकामा डेलिगेश
संर्घण समितीले गोदावरी नगरपालिकामा पुगेर मेयर गजेन्द्र महर्जनलाई सडक मर्मतका लागि दबाब दिने भएको छ । अपरान्ह समितीले नगरपालिकामा डेलिगेशन जाने कार्यक्रम तय गरेको छ ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले केही समयपछि संघार्ष समितीको डेलिगेशनसँग भेटघाट कार्यक्रम तय भएको पुष्टी गरे । उनले भने, ‘अहिले सडक बन्द गरेर अघि बढ्नु आवश्यक छैन । सडक मर्मतका लागि सामान झर्ने काम भइरहेको छ ।’ उनले भने, छठपछि तिब्र गतिमा काम हुन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ११ : ५० बजे