१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कीर्ते नागरिकता बनाइदिने एक जना वृद्ध पक्राउ


१८ कार्तिक २०७६, सोमबार  

0
Shares

 

१८ कार्तिक ०७६ स्याङ्जा । झुठो विवरण पेश गरी कीर्ते नागरिकता बनाइदिएको कसुरमा प्रहरीले लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजीत सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । ।

सुनारले २०६० माघ २० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट कास्की पोखरा महानगरपालिका– ३० का डिलबहादुर श्रेष्ठको ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नै छोरा हो भनी झुठो विवरण पेश गरी नागरिकता बनाइदिएका थिए ।

झुठो विवरण दिएर नागरिकता बनाइदिएको खुल्न आएपछि प्रहरीले ‘नागरिकतासम्बन्धी कसुर’ मुद्दा दर्ता गरी प्रतिवादी सुनारलाई पक्राउ गरेर स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।