२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


जनावरका छाला हड्डी पोलेर प्रदूषित गराउनेलाई कारवाही गरिने


२० कार्तिक २०७६, बुधबार  

0
Shares


२० कार्तिक ०७६,ललितपुर । ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने बताएको छ ।
केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला नजिक असुरक्षित रुपमा जनावरका छाला र हड्डी जलाउँदै गरेको अवस्थामा पक्राउ परेका तीन जनालाई नगर प्रहरी ऐन अनुसार कारवाही गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले जानकारी गराउनु भयो ।

वातावरण प्रदुषणऐन अनुसार जरिवाना तिराएर त्यहाँ रहेको जनावरको छाला र हड्डीलाई सुरक्षित रुपमा नष्ट गरिने छ ‘भने ठाउँमा वातावरण प्रदूषण गराउने कार्यमा समेत रोक लगाइएको भट्टराईले बताउनु भयो ।

यसअघि तरकारी अन्य फोहरको विषयमा यसरी गुनासो आएको र जरिवाना तिराएको भए पनि जनावरको हड्डीको विषयमा पहिलो पटक घटना हो ।

वातावरण प्रदूषण गरेको भन्दै स्थानीयवासीले दिएको उजूरीको आधारमा ललितपुर प्रहरीले भारतीय नागरिक फैसल मुस्लिम, साजिद मुस्लिम र नेपाली रामेश शेर्पालाई पक्राउ गरेको छ ।

कानून अनुसार प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउन नमिल्ने देखेपछि उनीहरुलाई मङ्गलबार ललितपुर महानगरपालिकामा बुझाइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

वातावरण प्रदूषण गराएको भन्दै एक हप्ताअघि स्थानीयवासी बुद्धमार्ग क्लबले छानबीन गरी कारवाही गर्न माग गर्दै निवेदन दिएको थिए । सोही उजूरीका आधारमा प्रहरी त्यस ठाउँमा पुग्दा उनीहरुले झण्डै दुई ट्याक्टर छाला र हड्डी जलाउँदै गरेको अवस्थामा फेला पारी तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुले विभिन्न क्षेत्रबाट हड्डी सङ्कलन गरेर यहाँ जलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यसरी जलाउँदा आसपास क्षेत्रमा प्रदूषण फैलिएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।