२२ कार्तिक ०७६, काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको निर्णय अनुसार दीपेन्द्र विक्रम थापालाई नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको छ , भने
त्यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय अनुसार नेपाल बैंकको सञ्चालकमा सावित्री रञ्जित श्रेष्ठलाई नियुक्त गरिएको छ ।
यसैगरी थापाले ब्रयाडफोर्ड युनिभर्सिटि बेलायतबाट वातावरण व्यवस्थापनमा उच्च स्नातकोत्तर र वातावरण विज्ञान तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन र नेपाल सरकारको सेवा निवृत्त सचिव हुन् ।श्रेष्ठको सोसियो इकोनोमिक एनालाईसिमा पीएचडी उपाधि हासिल गरेकी प्राध्यापन पेसामा लामो अनुभव छ ।
प्रतिक्रिया