१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब दश करोडको टेजरी बिल बिक्री गर्ने


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

२२ कार्तिक ०७६ काठमाडौं । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । आज एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्ने केन्द्रीय बैंकले जानकारी  दिएको छ ।

त्यसैगरी बैंकको अनुसार कूल ९१ दिने अवधिको रु १० करोड र १८२ दिने अवधिको रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिको टेजरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि यही कात्तिक १८ गते रु एक अर्ब ६६ करोड बराबरको टेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।