४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपनिर्वाचन २०७६:कास्की–२ मा २१ उम्मेदवार


२४ कार्तिक २०७६, आइतबार  

0
Shares

फाइल तस्वीर

 

२४ कार्तिक ०७६, कास्की । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि कास्की क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका महेन्द्र सुवेदीले जानकारी गराउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।

त्यसैगरी कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेपाल कम्युष्टि पार्टी ९नेकपा०बाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, नेपाली काङ्ग्रेस ९विपी० बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ हुनुहुन्छ ।

त्यस्तै साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, राष्टिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० बाट श्रीमती गङ्गा मल्ल हुनुहुन्छ ।

यस्तै स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रनु भएका उम्मेदवारहरूमा उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी र नवराज बाँस्तोला हुनुहुन्छ । त्यस्तै, अन्य स्वतन्त्र उम्मेदवारमा यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल हुनुहुन्छ

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : २८ बजे