२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


डिभी परे पछि वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

२८ कार्तिक ०७६,काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ ।

चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन भएको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचन नहुने अवस्था पनि छैन् ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो । अध्यक्ष घिसिङको राजीनामा समयमा नआएको हुदा उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।

निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताउनुभयो । त्यस वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया भएको छैन ।

अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी ९डाइभर्सिटी भिसा० परेर अमेरिका उड्नुभएको हो । घिसिङले उडेको पाँच महिनापछि मात्र गाउँपालिकामा इमेलमार्फत राजीनामा दिनुभएको गापाका प्रमुख हिदम लामाले जानकारी दिनुभयो । यसैगरी शुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिनुभएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामा बसेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि राजीनामा दिन बाध्य भएर इमेलमा राजीनामा पठाएका हुन । उहाँले भन्नुभयो, “घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो ।”

गत भदौमा इमेलमार्फत राजीनामा दिनुभएका घिसिङको असोजको आधाआधीमा पनि लिखित राजीनामा नआएको जनाइएको छ । असोजमा उम्मेदवार छनोटको तीव्र तयारी भइरहेको तर राजीनामा नआउँदा उपनिर्वाचन गराउन समस्या रहेको बताइएको छ । देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने निश्चित भएको छ ।

उक्त वडामा विसं २०७४ भएको वडाध्यक्षको निर्वाचनमा नेकपाका जगतमान घिसिङको ५४१ मत पाउनु भएको थियो भने दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले २२३ मत पाउनु भएको थियो । त्यस्तै नेपाली काङ्ग्रेसका दिपेशकुमार विश्वकर्माले १९१ मत प्रा पाउनु भएको थियो । ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  १० : ५६ बजे