२८ कार्तिक ०७६,काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले माल्दिभ्संग कडा प्रतिस्पर्धा गर्दैछ ।
त्यसैगरी बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हनेछ ।
समूह चरणको शीर्ष स्थानकायम गर्दै फाईनल पुगेको नेपालले सहजै उपाधि जित्ने अनुमान गरिएको छ । लामो समय अन्तराष्ट्रिय उपाधि जित्न नसकेकाे नेपाललाई बंगलादेशमा ईतिहास रच्ने अवसर समेत रहेकाे छ।
समूह चरणको सबै खेलमा जित निकाल्दै सतप्रतिशत नजिता सहित नेपाल फाईनल पुगेको हो । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० ले हराएको टिमसंग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
सोही कारण पहिलो संस्करणको एभिसी महिला सेन्ट्रल जोनको उपाधि नेपालले जित्ने आशा गरिएको छ । खेलमा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।
यसैगरी पहिलो संस्करणको खेलमा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।
प्रतिक्रिया