३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्से परिसूचक आज झिनो अङ्कले घट्याे


१० मंसिर २०७६, मंगलबार  

0
Shares

 

१० मंसिर ०७६, काठमाडौ । हिजो सोमबार तटस्थ रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज मंगलबार भने झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०>९१ विन्दुले घटेर एक हजार १०९.१६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.११ ले बढेर २४५.४९ विन्दुमा कायम भएको छ ।

नेप्से आरोलो लागे पनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १६५ कम्पनीको ११ लाख ३४ हजार १५ कित्ता शेयर रु २९ करोड ५८ लाख ६९ हजार १८० मूल्यमा खरिद बिक्री भएको छ ।

त्यस्तै कारोबार भएका कूल १२ उपसमूहमध्ये आज मंगलबार तीन उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०।८३, व्यापार १९।०२ र जलविद्युत् ०।८५ विन्दुले बढेको छ । यस्तै होटल १०।३९, विकास बैंक ०>४८, वित्त २.१२, निर्जीवन बीमा १३.३२, उत्पादन १६>२९, अन्य ३।९४, लघुवित्त १>९९, जीवन बीमा ८.४६ र सामूहिक लगानी कोष ०।०३ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड ८१ लाख ९७ हजार ५१ मा कारोवार भयो । यस्तै सिटिजन बैंकको संस्थापक शेयर रु तीन करोड ८२ लाख ४३ हजार ३१६ मा बराबरको कारोवार भयो ।

नेपाल बैंक लिमिटेड रु एक करोड ८२ लाख ७९३, एनएमबी बैंक रु एक करोड ३३ लाख आठ हजार ६१, एनआईसी एशिया बैंक रु एक करोड ७३ हजार ५४३ र प्रभु बैंकको रु ७५ लाख ५७ हजार ४४७ कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ६ प्रतिशतले कमाए । यस्तै नेशनल हाइड्रो पावर ४, एनआईसी एशिया फण्ड २.४८, सानिमा माई हाइड्रोपावर २.२७, एक्सेल डेभलपमेन्ट बैंक २.२० र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.१३ विन्दुले कमाएका छन् । त्यस्तै युनियन हाइड्रोपार ५।६६, सेन्ट्रल फाइनान्स ३.५७, लक्ष्मी इक्विटी फण्ड ३.४९, जोशी हाइड्रोपावर ३.४४ र सिन्धु विकास बैंकका शेयरधनीले ३.२७ प्रतिशतले गुमाएको छ ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ८ : ३९ बजे