लपु संवाददाता
११ मंसिर ०७६, गिम्दी । ललितपुर गिम्दीमा नेकपा र नेपाली काँग्रेस पार्टीबीच पार्टि प्रवेश गराउने होड नै चलेको छ ।
मंगलबार बागमती गाउँपालिका ७ गिम्दी थुम्की टोलका नेपाली काङ्ग्रेसको कमिटी नै नेकपामा प्रवेश गरेको छ । वडा कमिटिका अध्यक्ष विष्णु बहादुर बस्नेत बाहेक सिंगो कमिटिलाई नै पार्टी नेकपा प्रवेश गरेका हुन् ।
नेकपाका जिल्ला कमिटी सदस्य कृष्ण बलका अनुसार गिम्दी थुम्की का २३ घरधुरी नेकपामा प्रवेश गरेका हुन् । यहाँबाट काङ्ग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुको संख्या २५ भन्दा बढी रहेको बताइएको छ ।
नेकपामा प्रवेश गर्ने स्थानीयहरुलाई स्वागत गर्दै गाउँपालिकाका पार्टी इन्चार्ज नारायण प्रसाद तिमल्सिनाले सबै सदस्यहरुलाई उचित जिम्मेवारी दिएर पार्टी कमिटीलाई बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
बुधबार पार्टी कार्यालय उद्घाटन अघि गाँउ नै रित्याएर पार्टी प्रवेश गराएको वलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, साथीहरुलाई नेकपामा स्वागत गरेका छौं अव सबैलाई उचित स्थान दिएर अघि बढ्छौं । उता बुधबार नै नेकपाका कार्यकर्ता पार्टी छोडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् । नेपाली काँग्रेसका ललितपुर सभापति मदन बहादुर अमात्य पार्टी कार्यालय उद्घाटनको क्रममा गिम्दी पुग्नु भएको र कार्यक्रममा ३५ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको वागमती गाँउपालिका ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले दावी गर्नुभयो ।
प्रतिक्रिया