३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विश्व बैंकले नेपाललाई दियो १६ अर्व ऋण


११ मंसिर २०७६, बुधबार  

0
Shares

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विश्व वंैकले नेपालको रोजगारी र शिक्षा सेवामा उपलब्द गराएको सहयोग सम्बन्धि सम्झौता पत्र हस्तान्तरण गर्दै अर्थ सचिव डा राजन खनाल र विश्व वैंकका नेपाल प्रतिनिधी फारेस एच हदाद जरवोस । तस्वीर ः नवीन पौडेल/रासस

११ मंसिर ०७६, काठमाडौं । विश्व बैंकसँग १६ अर्ब ३७ करोड सहयोग सम्झौता ११ मंसिर ०७६, काठमाडौं । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ ।

युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको हो अर्थमन्त्रायलमा आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र यहाँस्थित बैँकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ ।

परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरूपमा कार्यान्वयन गर्नेछन् । उक्त कार्यक्रममार्फत मुलुकको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिने छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ । त्यस अवसरमा सचिव खनालले नेपालको सामाजिक, आर्थिक र शैक्षिक विकासमा विश्व बैंकले निरन्तर गर्दै आएको सहयोगको सराहना गर्नुभयो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ९ : ३८ बजे