११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल खेल्ने


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

१३ मंसिर ०७६ काठमाडौं । नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद ९साग०मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार अगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुने सागप्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएका छन् ।

त्यस्तैगरी प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नेपाल प्रहरीले १९ खेलमा सहभागिता जनाउने जानकारी दिनुभयो । प्रहरीले पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टनमा सहभागिता जनाउने छ । यस्तै, टेबलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुस्ती र महिला बास्केटबलमा पनि सहभागिता रहने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : ४९ बजे