२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, सामान्य हिँडडुल सुरु


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६ काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा शल्यक्रियाको पाँचौं दिन अपेक्षित गतिमै सुधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीले आज शुक्रबार ठोस् खाने कुरा लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्रीले सघन उपचार कक्षभित्रै सामान्य हिँडडुल गर्नुभयो । सघन उपचार कक्षममै उपचार जारी रहेकाले आगन्तुकहरुको भेट भने नियन्त्रित नै रहेको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।