४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपनिर्वाचन २०७६ : कसले, कहाँ–कहाँ जिते


१५ मंसिर २०७६, आइतबार  

0
Shares

१५ मंसिर ०७६, काठाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी हुनुभएको छ ।

  पाँचथर : पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी हुनुभएको छ ।

लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी हुनुभएको हो ।

पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुृर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित हुनुभएको छ ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी हुनुभएको छ ।

सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित हुनुभएको निर्वाचन आयोगबाट थाहा भएको छ । एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र चार वडाध्यक्ष पदको निर्वाचनको मतगणना भने जारी रहेको छ ।

कहाँ कसले जिते ?

नेकपाले बिजय  वडा अध्यक्षहरू  :

१. जनक बुढा, थबाङ गाउँपालिका–१, रोल्पा
२. धर्मे बुढाथोकी, कुमाख गाउँपालिका–५, सल्यान
३. कृष्ण बहादुर तामाङ, पुर्नवास नगरपालिका- ३ कञ्चनपुर
४. केदारनाथ आचार्य, इन्द्रावती गाउँपालिका–८, सिन्धुपाल्चोक
५.रामबहादुर बोहरा, आदर्श गाउँपालिका–२, डोटी
६. मनराज बुढा, त्रिवेणी नगरपालिका–१, बाजुरा
७. देवप्रसाद कोइराला, धुलिखेल नगरपालिका–२, काभ्रेपलाञ्चोक
८. गिरीप्रसाद सिञ्जाली, रुरु क्षेत्र गाउँपालिका–६, गुल्मी
९. खिमबहादुर थापा खरु मगर, बौदीकाली गाउँपालिका–५ नवलपरासी पूर्व
१०. दिलीपकुमार यादव, कल्याणपुर नगरपालिका–१२ सिरहा
११. जीतेन्द्र राई, पौवादुङमा गाउँपालिका–१, भोजपुर
१२. शैलेन्द्र धानुक, पुर्चौंडी गाउँपालिका–४ बैतडी
१३. भरत घिमिरे, खाँदबारी नगरपालिका–३ सङ्खुवासभा
१४. गजाधर भट्टराई, फिदिम नगरपालिका–१, पाँचथर
१५. ढालेन्द्र शेरचन, बडिगाड गाउँपालिका–२ बागलुङ
१६. नवीन कुमार श्रेष्ठ, सुन्दरबजार नगरपालिका– २, लमजुङ
१७. रमेश खड्का, मेल्लेख गाँउपालिका–५, अछाम
१८. दिलिप कुमार यादव, कल्याणपुर नगरपालिका–१२, सिरहा
१९. मुक्ति पोख्रेल, प्यूठान नगरपालिका–२, प्यूठान
२०. शिवकला राई, साकेला गाउँपालिका- ३, खोटाङ
२१. कुलबहादुर बस्नेत, उमाकुण्ड गाउँपालिका–५, रामेछाप
२२. शिवभक्त वलामी, दक्षिणकाली नगरपालिका- ३, काठमाडौं

नेपाली कांग्रेसले हासिल गरेकाे वडाहरु :

१. गजेन्द्रबहादुर चन्द, सुर्नया गाउँपालिका- १, बैतडी
२. ताराबहादुर डीसी, घोराही उपमहानगरपालिका- १६, दाङ
३. नारायण प्रसाद साह, धनपालथान गाउँपालिका- २, मोरङ
४. शोभाखर खनाल, मालारानी गाउँपालिका– ३ अर्घाखाँची
५. अमृतराज हमाल, भरतपुर महानगरपालिका- १६, चितवन
६. देवबहादुर बस्नेत, खैरहनी नगरपालिका- ४, चितवन
७. प्रतिमा बस्नेत कार्की, खैरहनी नगरपालिका- ५, चितवन
८. दीपेन श्रेष्ठ, गढीमाई नगरपालिका- २ रौतहट
९. तिलविक्रम इधिंगो, हिलिहाङ गाउँपालिका- ७, पाँचथर
१०. सुरेन्द्रप्रसाद भट्ट, दोगडाकेदार- ४, बैतडी
११. बिपिन पंजियार सुडी, बलवा नगरपालिका- २, महोत्तरी

राजपाले बिजय हासिल गरेकाे वडाहरु :

१. मन्जु मिश्र, शिवराज नगरपालिका १०, कपिलवस्तु
१. रामबाबु नायक, मटिहानी नगरपालिका( ६, महोत्तरी
२. प्रमिलादेवी यादव, छिन्नमस्ता गाउँपालिका–७, सप्तरी

संघीय समाजवादी पार्टीले हासिल गरेकाे वडाहरु :

१. श्यामबाबु राय, हरिपूर्वा नगरपालिका १ सर्लाही
२. रुपलालकुमार यादव, सखुवाप्रसौनी गाउँपालिका ५, पर्सा
३. सुरेश चौधरी, बारागढी गाउँपालिका–१, बारा

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ४५ बजे