१७ मंसिर ०७६तम्घास। गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा आज मंगलबार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् ।
ज्यान गुमाउनेहरू :
१ इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा,
२ इस्मा गाउँपालिका–५ का ४० वर्षीया बसुन्धरा कार्की,
३ इस्मा गाउँपालिका–५ का ढाडुङा बस्ने माया थापाको
४ नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६० वर्षीय भुमा कार्की,
५ बागलुङ बडीगाड ७ बस्ने ५५ वर्षीय नरमाया खत्री
६ इस्मा गाउँपालिका–४ दोहोली बस्ने ४० वर्षीया सीता कार्की
७ इस्मा–४ का ६५ वर्षीय झवी कार्कीको मृत्यु भएको छ ।
८ इस्मा गाउँपालिका–४ दोहोलीका ४५ वर्षीय भूमी कार्की
९ इस्मा गाउँपालिका–४ का २५ वर्षीय मीना बस्नेत
१० इस्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्की
घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ भने इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीया धनबहादुर कार्की बेपत्ता रहेको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँं लैजाने तयारी गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दुर्घटनामा परेको हो । अहिले बेपत्ताको खोजी र थप उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया