८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेह्रौँ साग ः २९ स्वर्णसहित नेपाल पहिलो स्थानमा


१८ मंसिर २०७६, बुधबार  

0
Shares

१८ मंसिर ०७६, ललितपुर । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ ।

भारत २३ स्वर्ण, १९ रजत र १२ कास्य गरी कुल ५४ पदकसहित दोस्रो स्थानमा छ । पाकिस्तान आठ स्वर्ण, १५ रजत र १३ कास्यसहित तेस्रो, श्रीलङ्का सात स्वर्ण, १८ रजत र ३२ कास्यसहित चौथो,  बङ्गलादेश चार स्वर्ण, सात रजत र २४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ । नेपालले आज ट्रायथलन, तेक्वान्दो र करातेमा दुई÷दुई स्वर्ण पदक जितेको हो । –––

साग पदक तालिका ःदेश  स्वर्ण कास्य रजत जम्मा

नेपाल     २९  १४  १९  ६२

भारत २३   १९  १२   ५४

पाकिस्तान ८   १५  १३   ३६

श्रीलङ्का    ७    १८  ३२   ५७

बङ्गलादेश  ४   ७    २४  ३५

माल्दिभ्स  १    ०   २    ३

भूटान     ०   ०   ३    ३

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ०६ बजे