२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको प्युटारका स्थानीयले गरे मदिरा बेच्न कडाई


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

उपभोक्ता समितीको भेलामा सहभागीहरु ।

२७ मंसिर ०७६, प्युटार । ललितपुरको प्युटारमा स्थानीयबासीले नै मदिरा बिक्रि वितरणमा कडाई गरेका छन् । प्युटार खानेपानी तथा सरसफाई उपभोक्ता समितीले स्थानीय स्तरमा बिक्रि वितरण हुदै आएको लोकल मदिरा विक्री वितरणका लागि कडा नियम बनाएको समिती अध्यक्ष उत्तमकुमार थिङ्गले जानकारी दिनुभयो ।
वागमती गाँउपालिका ४ का वडाध्यक्षको सहभागितामा विहीबार प्युटारमा बसेको उपभोक्ता समितीको बैठकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको पाइएमा प्रहरी कार्यालयलाई बुुझाउने निर्णय गरेको हो । साथै शुल्क लिई या नलिई मादक पदार्थ वितरण गरी समाजमा अशान्ति फैलाउन प्रेरित गर्ने व्यापारी अन्यलाई रु.१००० जरिवाना लगाउने निर्णय समेत गरिएको छ । पटक पटक यस्तो गतिविधि दोहोरिए कारवाही थपिदै जाने बताइएकोे छ ।
स्थानीय सडकमा धुलोको समस्या देखिएपछि प्युटार स्वास्थ्य चौकीदेखि कालीदेवी मा.वि.सम्मको मुख्य वस्ती एरियामा दैनिक रुपमा आवश्यक पानी छर्किने,बस्तीमा रहेका कुखुरार बंगुर पालन हटाउने,फोहए फाल्न निषेध गर्ने निर्णय समेत गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ६ : २९ बजे