९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कुमारीलाई मासिक रु १५ हजार भत्ता दिइने


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

२७ मंसिर ०७६, काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिने छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो । यही मङ्सिर २८ र २९ गते महानगर दिवस मनाइँदै छ । विसं २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयवासीका सुझावका आधारमा हरेक वर्षका कार्यक्रमलाई जनापेक्षाबमोजिम सुधार गदैै लगिने बताउनुभयो ।
। कामपा प्रमुख शाक्यका अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा ‘परम्परागत वाद्यवादन, वाद्यवादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिविधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता रहने छ ।
महानगर दिवसका उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँलाबाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिने छ । महानगरले १० पत्रकारलाई वितरण गर्दै आएको महानगर सुशासन पत्रकारिता पुरस्कार यस वर्ष पनि निरन्तरता दिने छ । गत वर्ष जस्तै यस पटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ । विद्यालयको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ । दिवसका अवसरमा शनिबार बिहान माइतीघरमण्डलदेखि तीनकुनेसम्म साइकल यात्रा आयोजना गरिने छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ९ : २६ बजे