९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरीबासी इट्टा भट्टाको विरोधमा आन्दोलित


२ पुस २०७६, बुधबार  

0
Shares

माइतीघर मण्डलामा प्रर्दशन गर्दै स्थानीयबासीहरु । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२ पुस ०७६, काठमाडौं । काठमाडौंको चन्द्रागिरी र किर्तिपुरका बासिन्दा स्थानीय इट्टा भट्टाको धुवाधुलोको विकराल अवस्थामा बाँच्नु परेको भन्दै आन्दोलित भएका छन् । काठमाडौंको थानकोट,सतुंगल,नैकाप,मच्छेगाँउ,झुलपोखरी,मातातिर्थलगायत गाँउबस्तीका स्थानीयबासी मंगलबार माइतीघर मण्डलामा प्रर्दशनमा उत्रिए । प्रर्दशनमा स्थानीय बृद्ध बृद्धादेखि केटाकेटीहरु समेत सहभागी थिए ।


२०७२ सालमा स्थानीय सर्वदलीय बैठकबाट तत्काल स्थानीयस्तरमा सञ्चालित इट्टा भट्टा बन्द गर्ने निर्णय भएको र तत्कालीन नगरका कार्यकारी प्रमुखले जिल्ला प्रशासन कार्यालय काठमाडौं,घरेलु तथा साना उद्योग कार्यालयमा पत्राचार गरिएको इट्टा भट्टा पिडित संर्घष समितीका संयोजक मुकुन्द प्रसाद घिमिरे बताउनु हुन्छ ।
साथै २०७५ श्रावण १० गते बसेको चन्द्रागिरी नगरपालिकाको नगर परिषदको बैठकले इट्टा भट्टा बन्द गराउने निर्णय भएको घिमिरेले जानकारी दिनु भयो । साथै २०७६ असार ३० गतेको कार्यपालिका बैठकले २०७६ साउन १ गतेबाट इट्टा भट्टा नबिकरण नगर्ने र इट्टा भट्टा बन्द गर्ने निर्णय गर्दै सञ्चालकहरुलाई पत्राचार समेत गरिएको उहाले जानकारी दिनुभयो ।
तर इट्टा भट्टा बन्द हुनुका साटो खुलमखुल्ला चलाइएको भन्दै स्थानीयबासीे विरोधमा उत्रेका हुन् । पटक पटक भएको सर्वपक्षिय भेलाबाट इट्टा भट्टाले बस्तीलाई असर गरेको कारण भट्टा बन्द गर्ने निर्णय भएको थियो ।


यो बर्ष स्थानीय स्तरमा सञ्चालित १४ बटा इट्टा भट्टाले इट्टा बनाउन शुरु गरेका छन् । अधिकाशं इट्टा भट्टा इट्टा पोल्ने तयारीमा छन् ।
स्थानीयबासी प्रमुख जिल्ला अधिकारीले इट्टा भट्टा हटाउन घरेलु तथा साना उद्योग कार्यालय प्रमुख रामचन्द्र अधिकारीको संयोजकत्वमा समिती गठन गरी १५ दिनभित्र सुझाव पेश गर्न अनुरोध भएकोमा उद्योग कार्यालयका प्रमुख रामचन्द्र अधिकारीले छलफल नै नचलाएको आरोप लगाएका छन् । मंगलबार नै जारी गरिएको प्रेस विज्ञप्ती अनुसार अधिकारीले प्रमु जिल्ला अधिकारीले तोकेको कार्यसूचिमा छलफल नचलाएको आरोप लगाइएको छ । साथै विज्ञप्तीमा अनावश्यक रुपमा समय लम्व्याइ रहने, निर्णयहरु न्झिकाउने काम भएको उल्येख छ । विज्ञप्तीमै चन्द्रगिरी नगरका प्रवक्ता तथा वडा नं. १०का वडाध्यक्ष हरिभक्त महर्जन इट्टा भट्टा जोगाउन लागिपरेको उल्येख छ ।


स्थानीयबासी इट्टा भट्टा बन्द गर्ने निर्णय कार्यान्वयन गर्न माग गर्दै तत्काल चन्द्रागिरी नगरपालिका घेराउ गर्ने निर्णयमा पुगेका छन् । एक स्थानीयले नाम उल्येख नगर्ने शर्तमा भन्नुभयो, ‘हामी अव इट्टा भट्टा बन्द नगर्ने चन्द्रगिरी नगरपालिका अनिश्चित कालीन घेराउ गर्छौं ।’

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : ४७ बजे