पञ्चाङ्ग
वि.सं. २०७६ पुस ९ । बुधबार । इ.स. २०१९ डिसेम्बर २५ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । चतुर्दशी, ११स्१२ उप्रान्त औंसी । नक्षत्र– ज्येष्ठा, १७ ः ११ बजेउप्रान्त मूल । योग– गण्ड, २४ ः ३५ बजेउप्रान्त वृद्धि । करण– शकुनि, ११ ः १२ बजेदेखि चतुष्पद, २२ ः ५० बजेउप्रान्त नाग । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि– वृश्चिक, १७ ः ११ बजेउप्रान्त धनु । काठमाडौंमा सूर्योदय– ६ ः ५३ बजे, सूर्यास्त– १७ ः १३ बजे र दिनमान २५ घडी ० पला । दर्श श्राद्ध । क्रिसमस डे । निशी बार्ने औंसी ।
मेष– जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।
वृष– बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ।
मिथुन– पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन् ।
कर्कट– आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ ।
सिंह– सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ।
कन्या– पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ।
तुला– शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ।
वृश्चिक– बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ।
धनु– उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ।
मकर– बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्।
कुम्भ– जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ।
मीन– रोकिएका काम बन्न थाल्नेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ।
प्रतिक्रिया